Tuesday, July 19, 2022

अपरिचित मित्रतामा धाेखा

 लघुकथा : अपरिचित मित्रतामा धाेखा

पुष्प: तपाईहरुकाे गुन कहिल्यै भुल्ने छैनाै । नयाठाउ समस्यामा यस्तो सहयाेग पाउछाै भन्ने कल्पना नै थिएन । चन्द्र जी र शाेभा मेडम नभएकाे भए हामी लास बनेर जानू पर्थाे । गुन तिरेर कहिल्यै सक्ने छैनाै ।


रमा: तपाईहरु हाम्राे भगवान बन्नु भयाे । काठमाडौं आउँदा जसरी पनि बस्ने गरि अाउनु जसरी पनि सम्झिनु हैं , हाम्रो घर बाटैमा पर्छ ' । शाेभा मेडमलाई जसरी पनि ल्याउनु है ।

अनामिका : मामु , याे अंकल अान्टिले माया गर्नु हुन्छ । 

 चन्द्र  : तपाईहरुकाे सहयाेग गर्नु हाम्रो कर्तब्य हाे । तपाईहरुले पनि हामी जस्तालाई अापत पर्दा सहयाेग गर्नु हाेलानी । 


उत्तरी हावा बढि नै चले पछि ५ दिन देखि जहाज चलेकाे छैन । ६ दिन पहिले एक नाम चलेकाे राष्ट्रिय दैनिककाे डेक्समै कार्यरत पति पुष्प र साेहि सम्वद्द एक मासिकमा कार्यरत पत्नी रमा, छाेरी अनामिका सहित जाेमसाेम अस्पतालमा लेक लागेपछि अक्सिजन लिएर २ दिन बसे । उनिहरुकाे अस्पताल बसाईमा सुप, जाउलाे तातोपानी लगायतकाे ब्यबस्था शाेभाले गर्दै अपरिचित पाहुनाकाे सक्दाे हेरचाह गरेकी थिईन । अस्पताल बाट डिस्चार्ज पछि पनि सकेको जानेको भोजन मिष्ठान्न बनाएर खुवाएकी थिइन् । त्यतिनै बेला माेवाईल नम्बर साटासाट गरेका थियौं । मुक्तिनाथ जान अाएका उनिहरु  माेटरसाईकल मात्र चल्ने भएकाले अरु जस्तै हिडेर जादा  लेक लागेपछि खिङ्गाबाट जाेमसाेम झारिएकाे थियाे । ७ बर्षकी अनामिका भने अामाबाबु बिरामी भए पनि केठाकेटी भएकाले खासै चिन्तित थिईनन । खिङ्गाकी सेर्किनि गुरुङले पत्रकार भएकाे थाह पाए पछि चन्द्रलाई फाेन गरेकी थिईन । त्यसपछि ३ जना मान्छे खाेजी उनलाई एक्लेभट्टि पुर्‍याईएकाे थियाे ।


त्यहाबाट जाेमसाेम टेक्टरमा अस्पताल ल्याई भर्ना गरियकाे थियाे ।

 

हिउदकाे समय सबै बेसी झरेझै चन्द्रकाे परिवार पनि २ महिनाका लागि पाेखरा झरे पछि दाेकानकाे सामान खरिद गर्न काठमाण्डु पुगेकाे भाेलिपल्ट पुष्प र रमाकाे घर जानेकुरा शाेभाले निकाले पछि चन्द्र भन्छ, हाे त हाम्रो २१ हजार पनि लिनुछ । चिन्दैनचिनेका उनिहरुलाई सक्दाे सहयाेग गरेकै हाे । तिमीजाने शुरसारमै थिईनाै, अब राम्रै सत्कार पनि गर्लान नि । 

शाेभा: फाेन गरेर जान पाएकाे भए।  जाउजाउ  । 


आज फोनमा भनिदिएँ , "जति चोटि थिचे पनि त्यतै मात्र जाँदो रहेछ , सायद प्रेम बढी भएर होला । रङ्ग नम्बर रहेछ  । मैले नम्बर नै मेटाइदिएँ । अब भेट हुँदैन ।

भाेटकाे बदला

 लघुकथा : भोट

दिपेन्द्र सबेरै खाना खाईवरी वडा कार्यालय हाकीयाे। 

नमस्कार अध्यक्ष ज्यु,   बुवाकाे उपचार, हेरचाहले समयमै बधाई दिन अाउन सकिन अाज बधाई दिन र एउटा काम लिएर अाएकाे छु । 

नव निर्वाचित वडा अध्यक्ष बहादुर मुन्टाे बटार्दै बास्ता नगरी माेटरसाईकलबाट अाेर्लदै  वडा कार्यालय तिर लाग्छ । 

दिपेन्द्रलाई छाेरीले फाेन गर्दै भन्छे बाबा छिटाे सिफारीस लिएर अाउनु है अाजै नागरिकता बनाउन जिल्ला प्रशासन जानु पर्छ । ढिला भईसक्याे । 

दिपेन्द्रकाे बच्चै देखि एउटै स्कुलमा पढेको साथी वडा अध्यक्ष बहादुर वास्ता नगरी हिडेकाे देख्दा दिपेन्द्र लाई अफ्ट्यारो लाग्छ तर पनि पछ पछि जान्छ । दिपेन्द्र पनि सिधै वडा अध्यक्ष काे काेठामा गएर भन्छ ,  छाेरी १६ बर्ष पुगि सकि, छाेरीकाे नागरिकता बनाउन अाएकाे बहादुर । अध्यक्ष बहादुर रिसले अागाे हुदै भन्छ, चुनाबमा मलाई तैले धाेखा दिईस । बुवा बिरामीकाे नाटक गरिस ?

हैन, बुवा बिरामी भएर ६ दिन अस्पताल बस्याै । डाक्टरले अझै केहिदिन राख्नु पर्छ भन्दा भन्दै २८ गते नै  डिस्चाज गराएर अायाै र सबैले भाेट हालेका हाै ।  बुवा अझै ठिक हुनु भएकाे छैन । 

तेराे बाउ जेसुकै हाेस, धन्न अरुले सहयाेग गरेर जिते तैले हराउन नाटकगरेकाे हाेस । 


दिपेन्द्र लाई रिस उढ्याे, तलाई हराउन मेराे बुवा बिरामी भएकाे साेचेकाे हाेस भने पनि केहि छैन तर मेराे छाेरी काे नागरिकताकाे सिफारिस चाहियाे । दुवैकाे भनाभन हुन्छ । चुनाब जिते पछि भाेट दिने र नदिने बिच असमान ब्यबहार नगर्नु पर्ने हाे,  हुनत याे पहिले देखिकै सन्काहा हाे  मनमनै गम्दै उ निस्कियाे । बहादुर कुन दिन अफिस अाउदैन भनि बुझेर बसेकाे उसले उ नअाउदाकाे दिनमा कार्यवाहक सग सिफारिस बनाई लग्याे । 

५ बर्ष सम्म जनताकाे हरेक समस्यामा दिपेन्द्र अग्र भागमा देखिन थाल्याे । हुदा हुदा समस्याकाे समाधान नै दिपेन्द्र हाे भन्ने मान्छे हरुमा पर्न थाल्याे ।  पाच बर्ष पछि  दिपेन्द्रले नगरकाे मेयरमा स्वतन्त्र उमेदवारी दियाे ।  दिपेन्द्रकाे उमेदवारीले बहादुर असिना पसिना भयाे । जनताकाे मन बुझेकाे दिपेन्द्र र नेताकाे मन बुझेकाे बहादुर बिच प्रतिस्पर्धा भयाे । दिपेन्द्र मेयर भयाे  बहादुरकाे जमानत जफत भयाे ।

चन्द्र बस्ताकाेटी 


गरिबीकाे त्यो ड्रेस

 गरिबीकाे त्यो ड्रेस 

चन्द्र बस्ताकाेटी 

उमा: दिदि अाज म कलेज जान्छु है ।
गाेमा :अाज कलेज जाने मेराे पालाे हाे नि, उमा । 
उमा : अाज टिचरले महत्त्वपूर्ण पाठ पढाउने भन्नु भएकाेले म जान्छु भनेकाे दिदि । 
गाेमा : मेराे चाैथाे पिरियड पनि महत्त्वपूर्ण छ नि, बहिनी । 
उमा : दिदि म दाेस्राे परियड पढेर अाउछु अनी तपाई जानु । (उमाले उपाए निकाल्छे)
गाेमा: हुन्छ, छिटाे अाउ है । 

 उमा र गाेमा गरिब परिवारका दामली जस्तै दिदि बहिनी  हुन । १२ सम्म गाउमै पढेका दिदि बहिनी गत बर्ष गाेमा र याे बर्ष उमा पाेखराकाे एक सरकारी क्याम्पस बिबिएस  पढ्न काेठा लिएर बसेका हुन । ड्रेस किन्ने पैसा नभए पछि गाेमा र उमा एउटै ड्रेस पालाे गरिगरि लगाएर कलेज जान्छन् । एक हप्तामा ३ दिन दिदि र ३ दिन बहिनी ड्रेस नभएकाले अाधाअाधा  कलेज पढ्ने गर्दछन । १ बर्ष पछि अर्काे एक सेट ड्रेस किनेपछि नया र पुरानाे पालाे गरि गरि लगाउछन । 

समयक्रम सगै गाेमा प्राईभेट बिद्यालयकाे शिक्षिका र  उमा एक सहकारीकाे कलेक्टर हुदै ब्यबस्थापक बन्छन । 

दुबै दिदि बहिनीले अाफ्नाे तलबकाे १० प्रतिसत छुट्याएर राख्न थालेका रहेछन । रेगुलर कलेज पढ्न नपाएकाे पिडा अरु गरिब परिवारलाई पनि हुन्छ हाेला भनी उक्त सरकारी क्याम्पस पढ्ने १० जना बिद्यार्थी लाई उनिहरु अाफैले ड्रेस दिन चाहन्छन । उनिहरुले १२ महिनामा १० प्रतिसतका दरले राखेकाे पैसा ४८ हजार हुन्छ । उनिहरुले अाफ्नाे प्रस्ताब सामाजिक सञ्जालमा राख्दछन । उनिहरुकाे  याे कहानी सहितकाे प्रस्ताब सुने पछि धेरै बिद्यार्थीले काेष खडा गरि सबै बिद्यार्थीलाई ड्रेस काेष मार्फत दिन अभियान नै थाल्दछन । अन्तत  देश बिदेशमा रहेकाहरुकाे स्वस्फूर्त सहयाेगले १० कराेड भन्दा बढि रकम जम्मा हुन्छ । सबैले गाेमा र उमाकाे नाममा काेष बनाउन प्रस्ताव गर्दछन ।  उनिहरु अाफ्नाे नाममा काेष राख्न मञ्जुर भएनि काेषकाे समितिमा बस्न चाहदैनन । अन्तत  कास्कीका सबै सरकारी क्याम्पस प्रमुखहरु र कास्कीका क्याम्पसमा रहेका सबै स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष रहेकाे  काेष संचालक समिति बन्छ र सबै जेहन्दार र गरिब परिवारका बिद्यार्थीलाई गाेमाउमा शैक्षिक सराेकार काेष बनेर काम हुन्छ उमा र गाेमाकाे पिडाले  सबैकाे पिडा समाधानकाे बाटाे खाेजेकाेमा बाबुअामा समेत दंग छन ।

श्रीमती ज्यु

 लघुकथा/श्रीमती ज्यु ! 

-चन्द्र बस्ताकाेटी, पाेखरा

" शंकरदेवको घर हेर त दुई दुई ठाममा त्याे पनि दुई तिन तले  !  स्वराजले समेत घर बनाएछ । खै हाम्रो घर ?  घडेरी समेत जाेडेकाे छैन । शहरैमा दामदेबकाे ४ बटा घर ३ गाडी उस्तै ब्यबसाय।  अाफ्नै घरमा बस्ने हाम्रो चाहना कहिले बुझ्छाै बुडा ? जाे जतिसुकै धनी भएपनि हामीलाई काम लाग्दाे रहेनछ । देवरानी जेठानी गाडीमा सरर ।


 तपाईकाममा  पनि गाडि घर भएकाे भए सबैले वाह् वाह् गर्थे । साच्चिकै नमस्कार ठाेक्थे । अन्तरमन देखि समाजसेवा भन्याछ, हिड्याछ । फुर्क्याईदियाे भने छाेराछाेरी दुलहि छन भन्ने समेत पत्ताे नपाई सज्जन भएर अरुकै लागि हिडेकाे छ, डुलेकाे छ, कसले के दियाे यत्रा बर्ष समाजसेवा गरेर । खै अाफन्त , छिमेकीहरु पनि समाजसेवा भन्दै कमाउ धन्दामा छन क्यारे । अरुकाे रिन समेत तिर्न सक्या हैन । बैक, मान्छेहरुसग लिएकाे रिन कहिले तिर्ने हाे ? हुदा हुदा छाेरा छाेरीलाई के ख्वाउ भन्ने पिर हुन थालेकाे पनि बर्षाै भयाे । बच्चा पढाउन कति गाह्रो भएकाे छ? थाहनै छ । भएका गरगहना जति बेचेर सकियाे । अव के गर्छाै हाे हुतिहारा ? यसै गरि कुमारी अाफ्नाे लाेग्ने ईश्वरलाई रातदिन कचकच गरिरहन्थी । 


जति फतफताए पनि ईश्वरकाे अाफ्नै बाध्यता थियाे । बेला बेला ईश्वर भन्दथ्याे, कुमारी हामी स्वाभिमानले बाचेका छाै, कसैले सानैमा हामीलाई ठगेर कमाए, कसैले मिटर ब्याजले कमाए, कसैले ठुलाे डाकाे गरेर कमाए, कसैले सालाे ठगेर कमाए, कसैले हामीलाई नै ठगेर कमाए, सबै तिर दलालै दलाल छन, शक्ति, राजनिती भन्दै ठग्नेहरुकाे जमातै छ । घुस खाएर र घुस खुवाएर कमाउनेहरु धेरै छन ।  कानुन, नैतिकता हराएकाे माे देशमा यस्ता मान्छेकाे बिगबिगी छ । अनैतिक, ठगहरु र सज्जन बिच फरक छ, हामी जस्ता स्वाभिमानीहरु यस्ता मान्छेलाई हेरेर दुखि हुनु हुन्न । यि अाफन्त भए पनि दलाल हुन । 


 "मलाई धेरै नभन्नु होस् ! बिहान उठेर झाडु, भान्सा, दाेकान, दिउसाे भान्सा, कपडा धुन, बारीमा  अभाबै अभाबमा दिन बित्ने भाे । " कुमारी यसरी नै लाेग्नेसग फतफताउन छाेड्दिन । "तिमी बाेलेर के गर्नु मलाई दलाली गर्न अाउदैन । अरुलाई चिल्लाे पारेर बाेल्दै ठग्न अाउदैन मेराे कमजाेरीमा रात दिन नअत्याउन श्रीमति ज्यु" ईश्वर बाेलिहाल्छ ।  


" त्याे उमेश बाेल्न कति जान्या हाे, बाेलीले नै कमाई गरेकाे छ, छाटकाटसग परिवार पालेकाे छ । सान नै छुट्टै छ । जग्गा दलाल गर्छ, मान्छेलाई पैसाे चाहिए बैकबाट निकालि दिन्छ, कसैलाई मिटर ब्याजमा पैसाे दिन्छ, दुलहि भने हामीलाई टेडाे गरि हेर्छे । 


हाम्रा छाेराछाेरी ठगीमा लाग्ने छैनन । सज्जन साेचेका   मान्छेहरु नै प्राय ठगहरु देख्दा सबै ठग बस्नेदेश जस्ताे लाग्छ । तर कहिल्यै ठगि र गलत काममा नलागेकाेले

 मेराे परिवार प्रतिगर्व छ मलाई" ईश्वर पत्नीलाई भन्छ । 


"ठुलाराम की दुलही सज्जन थिईन । अस्ति चिठ्ठा परेर घर किनेकी अव तिनै फटाहाहरुकाे स्वास्नीहरुसग मिल्ने हाेलिन । भक्तिरामले पनि गाउमा दुख गरेर घर बनाए । परासरकाे कुरै नगराै जाे सग भेटभाे उहि ठगिन्छन, ससुराे पनि भनेनन्, अरु कसलाई बाकीराखे हाफनन र ? । सबैलाई ठगेकाे धनले फलिफाप हुदाे रहेछ, छाँटले हिन्छन् अरुलाई ठगेकाे पाप लाग्दाे रहेनछ,  अझ राजनिति गर्ने रे ।  बिचरा सज्जन देवरहरु पनि हामी जस्तै भका छन है ।" कुमारी बाेल्छे ।


हाे त श्रीमती ज्यु तर नामलिएरै कसैकाे केहि नभन । माेवाईलमा रेडियो बजाउदै भन्छ,  गलत नियतका मान्छेहरुसग पैसा छ, पैसाले शक्ति, कानुन किन्न मिल्ने नेपाला यसरी नवाेल, अरुलाई नामै लिएर केहि नबाेल । कुमारीलाई सम्झाउदै ईश्वर भन्छ ।  देशमा राजनितीक उथल पुथल भएकाे जस्ताे लाग्थ्याे । खै के के हुने हाे । "धेरै कर कर नगर  है बुडा । जहा जे भएनि हाम्रालागि केहि हुने हैन। सब भष्टहरुकै लागि हुनेहाे  । अविवेकी पति पाउनु भन्दा बिहे नगरि बस्नु ठिक बरु । छाेराछाेरी नभएका भए त छाेडि दिन्थे । 


रेडियाे बज्छ, केहि समय पहिले श्रीलंकामा नेला लखेटिए जस्तै नेपालमा ठगहरुकाे भागाभाग हुने भएकाे छ । नवनिर्वाचित युवा प्रधानमन्त्रीले राजनितिक, अार्थिक एव माैलिक हकमा अामुल परिवर्तन गर्ने भएका छन ।   अाफ्नै दलका केहि नेताकाे बिराेधका बिच सबै अार्थिक काराेवार बैकबाट मात्र गरिने, बैकिङ काराेवारलाई कडा निगरानीमा गरिने, उत्पादनमा जाेडदिईने,  अाजैबाट हजार र  ५ सयका नाेट निष्कृयहुने,  सबै जग्गा, सेयर लगायत सरकारी करण गरिने, बनेका सबै संरचना राज्यकाे हुनेछ भने उपभाेग गरे बापत राज्यलाई बार्षिक कर बुझाउनु पर्ने सरकारकाे दाबी छ । उत्पादन मुलक कार्यमा लागेका लाई छानबिन गरि प्राेत्साहन गरिने बताउदै कार्यान्वयनमा तत्काल लगे पछि समर्थन र बिराेधमा जुलुस भईरहेकाे छ ।  प्राप्त समाचार अनुसार ठगिमा लागेकाहरु सबैलाई छानबिन गरि देश बिकासमा समेत टेवा पुर्‍याउन दलाली, चाेरी, ठगि शाेषणमा लागेका श्रमबन्दि बनाई पुर्वाधार का काममा लगाईने छ,  यि सबै कार्यका लागि अधिकार प्राप्त अायाेग गठन गरिएकाे, बिदेशमा रहेकाे सम्पत्ति १ महिना भित्र पहिचान गरी राष्ट्रियकरण गरिने छ । उक्त सबै कार्यका लागि बिपक्षीले समेत साथ दिने भएकाे छ । सबै नाका, हवाईसेवा, अन्तरास्ट्रिय समाचार, अन्तरास्ट्रिय टेलिफाेन सेवा सामाजिक सञ्जाल, ईन्टरनेटसेवा समेत कम्तिमा एक महिनाका लागि बन्दहुने सरकारी प्रवक्ताले बताएका छन । राष्ट्रिय समाचार प्रसारण गर्ने नेपाली मिडियाहरु भने स्वस्फूर्त रुपमा चल्ने छन । अर्काे टेलिभिजनले पुराना नेताहरुकाे कर्तुत देखाई रहेकाेरहेछ । रिमाेटकाे बटन फेरी थिचेकाे अर्को  टेलिभिजनले नेताहरु र ठुला दलालहरु भागाभाग गरिरहेका थिए । 

समाचार सुन्दा सुन्दै  श्रीमती ज्यु खुसी हुदै भनिन् । बुडाे त मेराे जस्ताे हुनु पर्ने । अाधा भन्दा बढि जनसंख्या त श्रम कैदि हुने भए ।  अव केहि हुने भाे । धनी र गरिबीकाे बिभेद हट्ने भाे । पतिहाेस त मेराे जस्ताे । 

बल्ल बुझ्याै श्रीमती ज्यु?  म झल्यास बिउझिए । 

    २०७९ साल आषाढ २७ गते, आइतबार, दिउँसो १ बजे,  कास्कीकाेट, पाेखरा ।

किड्नी फेल?

कथा : मृगौला फेल ?

चन्द्र बस्ताकाेटी


लामाे समय देखी फ्राेजन साेल्जरकाे बिरामी शशि  अस्पतालमा दैनिक फिजियाेथेरापी गराउदथ्याे । काेल्टाे फेर्न नसक्दा छाेरीहरु र पत्नीले सहज बनाई दिन्थे, दाहिने हात माथी उठाउन नसक्ने उसलाई प्राय खाना खुवाउथे, हात ब्यायामका लागि धुमाई दिन्थे । पलपलकाे दुखाईले शशि घरिघरि मृत्यु चाहन्थ्याे ।


छिटाे निकाे हाेस भनेर पाेखरा र काठमाडौका प्राय सबै हाडजोर्नी तथा नसा राेगका बिषेशज्ञ देखाएकाे थियाे । उमेर, बिज्ञता र बिरामीसग डिलगर्ने तरीकाका कारण  हाडजोर्नी तथा नसा राेग बिषेशज्ञ डा कृष्णा सबै भन्दा उत्तम चिकित्सक साेचेकाे उसलाई दाहिने हर खपि नसक्नु गरि दुखेर च्याप्दै जान थाले पछि डा कृष्णाले "अव म्यानुपुलेसन नै अन्तिम बिकल्पहाे, अप्रेशनका लागि तयार हुनुस।" भनेपछि पैसाकाे जाेहाे गरेर अप्रेशन गरिहाल्ने कुरा भयाे । 


फिजियाेथापी पछि महेन्द्रपुल मेडिकल लाईन स्थित एक अाैषधि पसलमा छिर्याे । पाेखराका एक प्रतिष्ठित पुराना डाक्टरले शशिकाे खुट्टा अाफ्नाे अाैलाले अठ्याउदै भने "तपाईकाे किड्नी फेल भए जस्ताे छ, रगत पिसाब ल्याबटेष्ट गराई फिक्स गराउनु हाेस" शशिकाे हाेस उड्याे । अव अर्काे ठुलाे बजपात अाईलाग्याे । डाक्टरले अरु केके भने शशिले पत्ताे पाएन्, बाेल्नै सकेन् । डाक्टर र  मेडिकल साहुलाई के भनेर हिड्याे, उसैलाई थाह भएन । शशि काेठामा पुगेर अाफैले अाफैलाई सम्झाउदै परिवारकाे भबिष्य मनमनै संझन थाल्याे । पिडामाथि पिडा थपियाे ।


धेरै मृगौला फेल भएकाहरुसग उपचारका लागि सहयाेगि बनेकाे उसले कसैलाई नभनी पहिले टेष्ट गराउने निधाे गर्याे । 


पत्नी, छाेरीहरु, अामा बहिनी शशिलाई किड्नी फेल भएकाे भन्ने सुन्दा अात्तिने डर थियाे ।  टाेलाउदै घाेप्टाे परेर परिवारलाई सम्झेर रुन खाेज्थ्याे । परिवारका सदस्यहरु हातकाे पिडा सहन नसकेर हाेला भनि संझाउन खाेज्दाखाेज्दै अाफै रुन थाल्दथे । शशिलाई पटक्कै निन्द्रा लागेन, उकुसमुकुस भयाे । छिट्टै मर्दै छु भनेर सबै परिवार, साथिभाई सबै बिगत सम्झदै भक्कानाे छाेडेर राेईदिउ जस्ताे गर्याे । फ्राेजन साेल्जर सगसगै थपिएकाे मृगौला ड्यामेजलाई प्राथमिकता दिनै पर्याे । राेगकाे उपचारै फरक गराउन पर्ने भएपछि अप्रेशन थाति राखेर  चिकित्सककाे सल्लाह अनुसार केहिदिनमा अस्पताल र ल्याबबाट परिक्षण पुरा गरायाे । फ्राेजन साेल्जरबाट एकै चोटि किड्नी ड्यामेजले अस्पताल धाउनु पर्दाकाे पिडा कम दर्दनाक थिएन । ल्याबकाे अन्तिम नतिजा अायाे, डाक्टरले भने, "शशि तिम्राे मृगाैला सकुशल छ।",  ....... .... ........  .... शशि त्यहि डाँको छोडेर रुन थाल्यो ।

पाेखरा २०७९ असार २९

नजिककाे नातेदार

 नजिककाे नातेदार  

चन्द्र बस्ताकाेटी 

भिमार्जुन घर भित्र पसेर भन्छ, "सानी अाज म नगई हुन्न, बर्षाै देखि  अालटाल मात्र गरिरहेछ, अाज त जसरी पनि काम फत्ते गरेर अाउछु अनि त्यसकाे मुख कहिल्यै हेर्दिन ।" सानीले भनिन " अहिल्यै जिप अाईहाल्याे भने खाना पाक्दैन, दिउसाेकाे जिपमा जानुहाेला, अाफ्नै छाेराे जस्ताे लाग्थाे, कति दुख दिएकाे हाे त ?" भिमार्जुनले दिक्क हुदै भने "मर्न नि दिएन बाच्न नि दिएन, कति बिश्वास गरेकाे छाेराेहरुकाे दर्जामा राखेकाे सुई...(....पिडाले सुस्केरा हाल्दै) अाफैलाई दुखदियाे । हरेक पटक अार्थिक काराेवार गर्याेकी झगडा गर्न पर्ने, धाेखा पनि कति दिएकाे हाे।" 

सानीले खाना पकाउदै थपिन,  "बुडा दुख दिने अाफ्नैले रहेछ  त्यस्ति साेझि दिदिकाे छाेराे यस्ताे हाेला भनेर कल्पनै गर्न सकिन्न । " पतिले पत्नीलाई पिडा पाेख्छन,  "हेर भारतमा काेईलाखानीले बर्षाै घाटामा पर्दा ३ छाेराहरु र हामी खान नपाएर कति दुख बेहाेरेका थियाै? धन्न छाेराहरु लाईनका छन, लगनशिलछन । अव कमाउलानकी भन्ने लागेकाे थियाे, उनिहरुका लागि केहि गर्न सकेकाे हैन, यता बर्षाै पहिले नै पुरै पैसा लिएकाे अहिले सम्म पास गर्दिने हैन, अरुलाई ३ लाखमा बेच्न खाेजेकाे घडेरी त्याे ईश्वरले हामीलाई १३ लाख लियाे, त्याे बेला ३० हात माेहडा ८० हात पिछाड भनेकाे अहिले १८ हात माेहडा मात्र छ, त्याे पनि खाेलाकाे अाडमा,   अघिल्लाे पटक त पैसा फिर्ता दे बाबु, भनेकाे कुटुला झै अाईलाग्याे । "  सानी मन गर्हुङ्गाे बनाउदै थप्छिन, "हजुर जस्ताे सबैकाे भलाे चाहने र सबैकाे मर्कामा साथ दिने मान्छेलाई,  मेरै दिदिका सन्तानले कति दुख दिए, दाईकाे त कुरै नगराै,  म र छाेराहरु बाेल्न सक्दैनौं, जति गालि गरेनी मलाई नै गर्नुहाेस । जसरी हुन्छ हासीहासी लिउ अाईन्दा नामै नलिउन है । भारतकाे त्याे दुख यहा अझ बढि भएकाे छ । त्यहा हुदा २८/ ३० बर्ष नेपालै अाउन सकेनौं ।  यहा पनि सबैले उठ्नै नसक्ने बनाउने भए । "  


पतिले सानीलाई माया गर्दै भने, "तिम्राे साथले गर्दा जति दुखमा पनि पिडा भएकाे छैन, छाेराहरुले फाेन गरेका थिए, बिदेशमा  छात्रवृत्तिमा पढ्न र पाए वागिर गर्न जान पाउने भए जान्छाै है भनि ठुलाे र कान्छुले साेधेका थिए मैले हुन्छ भनेकाे छु , सानुकान्छाेलाई पढाएर सकाउन पाए, पढाउने दायित्ववाट उम्कने थियाै ।


टिईईइ ..... सबेरै बिहानकाे शहर जाने जिप माथिबाट अाउदै थियाे । जिप अगाडी अाईपुग्छ, "एउटा सिट है गुरु" अगाडिकाे सिट गुरुले राखिदिन्छ । गाडी  चढ्ने भिड अाउदै गरेकाेले केहिबेर राेकीन्छ । "सानी म काम नसकि फर्कन्न है, काम सकियाे भने अाजै फर्कन्छु नत्र..... । जिप हिडिहाल्छ । जिपमा १५/१६ जना हुन्छन । कच्चि बाटाे भिरपाखा खुव हल्लाउछ । अप्ठ्यारो, उकालाे, अाेरालाे कच्ची बाटाेमा हुईकिएकाे जिप अगाडि भैसी दाेडिन्छ । गाडि डिल तिर पुग्छ । सबै हामफाल्छन । ड्राईभरकाे अर्काे साईडबाट जिप सय दुई सय मिटर भन्दा तल बजारिन्छ । भिमार्जुन काेचाकाेच भित्र सिटमा भएकाले हामफाल्ने माैका समेत पाउदैनन् । ८ जना घाईते हुन्छन । त्यसमध्ये ३ जना सिकिस्त, एफएमले समाचारमा नाम सहित भन्छन । घाईते सबैलाई अस्पताल पुर्‍याईन्छ ।  भिमार्जुनलाई मृत घाेषणा गरिन्छ,  ईश्वरले अस्पताल मै साचाजिक सञ्जालकाे भित्ताे श्रद्धाञ्जली र  समबेदना लेख्दै रंगाउछ ।  मृत भिमार्जुनकाे सबैभन्दा नजिककाे नातेदार खाेजिन्छ । ईश्वर म हु, उहाकाे नजिककाे नातेदार भन्दै अस्पताल पुग्छ ।

याे लधुकथा काल्पनिक हाे कसैकाे घटना सग मेल खाए संयाेगमात्र हुनेछ ।

लाेकचार

चन्द्र बस्ताकाेटी

शशिकी अामा काेठामा अक्सिजन लिएर बस्ने गरे पनि महिना दिन यता अस्पताल छन । 

शशिले अस्पताल छाेडेकाेछैन । "बाबु, सन्तान धेरै जन्मेर के गर्नु, कर्तब्य बाेध नगर्ने अाफ्नाहुन सक्दैनन" अामाले धेरै कुरा खाेलेर रुदा शशि भक्कानिन्थ्याे । साथि नारायणले पनि सुनेकाले  "शशिकी अामा बिरामी भएर केहि दिन यता अस्पताल भर्ना हुनुभएको छ, उहाकाे सिघ्र स्वास्थ्यलाभकाे कामना " लेखेर फाेटाे पाेष्ट्यायाे, धेरैले थाहपाए । मामाघरबाट यसैका अाधारमा अामा भेट्न सबै अाए । 

उपचारका हरप्रयास भएकाछन । स्वास्थ्य प्रतिदिन कमजाेर हुदा डा डिलाकाे सल्लाह अनुसार अाईसियु हुदै भेन्टिलेटरमा उपचार भईरहेकाे थियाे । कुमारीले हरेकपटक अाफन्तहरुलाई खवर गरीन । 

भेन्टिलेटरमा पनि अामाकाे अवस्था सुधार भएन । २९ अाै दिन दिउसाे डाक्टरले बाेलाएर भने, "सरी शशि, हामी बिफल भयाै।" शशि, कुमारी र देवी भित्रै पसेर डाकाे छाेडेर रुवाबासीगर्दा नर्सले धकेलेर बाहिर ल्याए । शशिलाई प्रशासनमा बाेलाईयाे । रुर्दै अफिसमा पसेकाे शशि लड्याे । शशिकाे अवस्था देखेर डा डिलाले पानी पिलाउदै शाेफामा सुताईदिईन । केहि बेरमा उठेर कुराकानी भयाे । "मेराे शहरमा घर छैन, अाज त्यहिबेडमा राखेर भाेली अन्तिम ससंकारका लागि लैजान्छु" शशिले बाेल्याे । त्यहि बेडमा राख्न सक्दैनाै तर अस्पतालमै राख्ने ब्यबस्था मिलाउछाै, डाक्टरले भने । कागजी प्रकृया अगाडि वढाई सबै भुक्तानी शशिले गर्याे । 

 

अस्पतालमा रुवाबासीगर्दै  अर्को भिड अाईपुग्याे । अनेक टुक्का हाल्दै डाकाे छाेडेर अाईसियु कक्ष बाहिर रुवावासी चल्दा अस्तब्यस्त भयाे । अामाकाे सबलाई अाफ्नाे घरलैजाने, उसकाे घर लैजाने हाेडवाजि थालियाे  । 

अस्पतालमै राख्ने पाएपछि सबै शशिका बिरुद्ध लागे । अाराेप लगाउदै सबगृह अगाडि अव रुनहैन,ङङङ छुद्रगालिमा परिणत भए, अपबित्र ठाउमा राख्न हुदैन भनियाे । त्याे भिडले शशि, साथिहरु, बहिनि, ज्वाईलाई तथानाम गर्दा नारायणले बिचैमा बाेल्याे,  "भेट्न नअाउने तर मृत्यु पछि ठुला कुरा? अस्पताल त मृत्यकाे मुखबाट बचाउने ठाउहाे, मन्दिर भन्दा पबित्र छ।" केहिले नारायणकाे  कुरामा हाेमा हाे मिलाए ।"  नारायणकाे साताे लिन खाेजे पनि उता कागजी प्रकृया पुर्‍याएर शशि अाईपुग्याे, सबै चुपभए ।

सतगत पश्चात गाउमै दैनिक सस्कार हुदै थियाे । दाजुभाई फेसबुकमा अामाकाे गुनगान सहित तस्बिर राख्दै कमेन्ट यस्ताे उस्तो अायाे भन्दै १२ दिन बिताए । शशिले शुरुदेखि नै माेवाईल लिएन । मृत्युमा कमेन्टबाट मनाेरञ्जन लिईरहेका र फाेनबाटै काराेवारकाे लागि गरेकाे झैझगडा देख्दा शशिलाई राम्रो लागेकाे थिएन । भेट्न अाउनेहरु पनि देखाबटीमै रमाएर जान्थे । सबैकाे भेटी ५ रुपैयामात्र लिने, भेटि ल्याउनेकाे नाम नलेख्ने, उपस्थितिमा नामलेखाउने, भेटी फिर्ता नगर्ने, उपस्थित सबैलाई चिया फलफुल खुवाउने परम्परा शशि नै शुरु गर्याे । अामाकाेसब अस्पतालमा राखेकाे भन्दै नारायण बली गर्नैपर्ने भनेपछि शशिले ईन्कार गर्दै भन्याे, मृत्यु पछिकाे लाेकचार मलाई मनपर्दैन । नारायणबलि, छुट्टै पृत्रि पुराण नभएपछि सबैले शशिलाई धर्म नभएकाे चित्रण गरे ।

नेपाली चुल्हो

 के तपाइँ अाफ्नाे छुट्टी को समय को राम्रो उपयोग गर्न चाहनुहुन्छ?    के तपाई केहिदिन आफ्नो घरबाट टाढा खुसियालीमा  बस्न चाहनुहुन्छ?  छुट्टै रा...