चन्द्र बस्ताकाेटी
शशिकी अामा काेठामा अक्सिजन लिएर बस्ने गरे पनि महिना दिन यता अस्पताल छन ।
शशिले अस्पताल छाेडेकाेछैन । "बाबु, सन्तान धेरै जन्मेर के गर्नु, कर्तब्य बाेध नगर्ने अाफ्नाहुन सक्दैनन" अामाले धेरै कुरा खाेलेर रुदा शशि भक्कानिन्थ्याे । साथि नारायणले पनि सुनेकाले "शशिकी अामा बिरामी भएर केहि दिन यता अस्पताल भर्ना हुनुभएको छ, उहाकाे सिघ्र स्वास्थ्यलाभकाे कामना " लेखेर फाेटाे पाेष्ट्यायाे, धेरैले थाहपाए । मामाघरबाट यसैका अाधारमा अामा भेट्न सबै अाए ।
उपचारका हरप्रयास भएकाछन । स्वास्थ्य प्रतिदिन कमजाेर हुदा डा डिलाकाे सल्लाह अनुसार अाईसियु हुदै भेन्टिलेटरमा उपचार भईरहेकाे थियाे । कुमारीले हरेकपटक अाफन्तहरुलाई खवर गरीन ।
भेन्टिलेटरमा पनि अामाकाे अवस्था सुधार भएन । २९ अाै दिन दिउसाे डाक्टरले बाेलाएर भने, "सरी शशि, हामी बिफल भयाै।" शशि, कुमारी र देवी भित्रै पसेर डाकाे छाेडेर रुवाबासीगर्दा नर्सले धकेलेर बाहिर ल्याए । शशिलाई प्रशासनमा बाेलाईयाे । रुर्दै अफिसमा पसेकाे शशि लड्याे । शशिकाे अवस्था देखेर डा डिलाले पानी पिलाउदै शाेफामा सुताईदिईन । केहि बेरमा उठेर कुराकानी भयाे । "मेराे शहरमा घर छैन, अाज त्यहिबेडमा राखेर भाेली अन्तिम ससंकारका लागि लैजान्छु" शशिले बाेल्याे । त्यहि बेडमा राख्न सक्दैनाै तर अस्पतालमै राख्ने ब्यबस्था मिलाउछाै, डाक्टरले भने । कागजी प्रकृया अगाडि वढाई सबै भुक्तानी शशिले गर्याे ।
अस्पतालमा रुवाबासीगर्दै अर्को भिड अाईपुग्याे । अनेक टुक्का हाल्दै डाकाे छाेडेर अाईसियु कक्ष बाहिर रुवावासी चल्दा अस्तब्यस्त भयाे । अामाकाे सबलाई अाफ्नाे घरलैजाने, उसकाे घर लैजाने हाेडवाजि थालियाे ।
अस्पतालमै राख्ने पाएपछि सबै शशिका बिरुद्ध लागे । अाराेप लगाउदै सबगृह अगाडि अव रुनहैन,ङङङ छुद्रगालिमा परिणत भए, अपबित्र ठाउमा राख्न हुदैन भनियाे । त्याे भिडले शशि, साथिहरु, बहिनि, ज्वाईलाई तथानाम गर्दा नारायणले बिचैमा बाेल्याे, "भेट्न नअाउने तर मृत्यु पछि ठुला कुरा? अस्पताल त मृत्यकाे मुखबाट बचाउने ठाउहाे, मन्दिर भन्दा पबित्र छ।" केहिले नारायणकाे कुरामा हाेमा हाे मिलाए ।" नारायणकाे साताे लिन खाेजे पनि उता कागजी प्रकृया पुर्याएर शशि अाईपुग्याे, सबै चुपभए ।
सतगत पश्चात गाउमै दैनिक सस्कार हुदै थियाे । दाजुभाई फेसबुकमा अामाकाे गुनगान सहित तस्बिर राख्दै कमेन्ट यस्ताे उस्तो अायाे भन्दै १२ दिन बिताए । शशिले शुरुदेखि नै माेवाईल लिएन । मृत्युमा कमेन्टबाट मनाेरञ्जन लिईरहेका र फाेनबाटै काराेवारकाे लागि गरेकाे झैझगडा देख्दा शशिलाई राम्रो लागेकाे थिएन । भेट्न अाउनेहरु पनि देखाबटीमै रमाएर जान्थे । सबैकाे भेटी ५ रुपैयामात्र लिने, भेटि ल्याउनेकाे नाम नलेख्ने, उपस्थितिमा नामलेखाउने, भेटी फिर्ता नगर्ने, उपस्थित सबैलाई चिया फलफुल खुवाउने परम्परा शशि नै शुरु गर्याे । अामाकाेसब अस्पतालमा राखेकाे भन्दै नारायण बली गर्नैपर्ने भनेपछि शशिले ईन्कार गर्दै भन्याे, मृत्यु पछिकाे लाेकचार मलाई मनपर्दैन । नारायणबलि, छुट्टै पृत्रि पुराण नभएपछि सबैले शशिलाई धर्म नभएकाे चित्रण गरे ।
No comments:
Post a Comment