नजिककाे नातेदार
चन्द्र बस्ताकाेटी
भिमार्जुन घर भित्र पसेर भन्छ, "सानी अाज म नगई हुन्न, बर्षाै देखि अालटाल मात्र गरिरहेछ, अाज त जसरी पनि काम फत्ते गरेर अाउछु अनि त्यसकाे मुख कहिल्यै हेर्दिन ।" सानीले भनिन " अहिल्यै जिप अाईहाल्याे भने खाना पाक्दैन, दिउसाेकाे जिपमा जानुहाेला, अाफ्नै छाेराे जस्ताे लाग्थाे, कति दुख दिएकाे हाे त ?" भिमार्जुनले दिक्क हुदै भने "मर्न नि दिएन बाच्न नि दिएन, कति बिश्वास गरेकाे छाेराेहरुकाे दर्जामा राखेकाे सुई...(....पिडाले सुस्केरा हाल्दै) अाफैलाई दुखदियाे । हरेक पटक अार्थिक काराेवार गर्याेकी झगडा गर्न पर्ने, धाेखा पनि कति दिएकाे हाे।"
सानीले खाना पकाउदै थपिन, "बुडा दुख दिने अाफ्नैले रहेछ त्यस्ति साेझि दिदिकाे छाेराे यस्ताे हाेला भनेर कल्पनै गर्न सकिन्न । " पतिले पत्नीलाई पिडा पाेख्छन, "हेर भारतमा काेईलाखानीले बर्षाै घाटामा पर्दा ३ छाेराहरु र हामी खान नपाएर कति दुख बेहाेरेका थियाै? धन्न छाेराहरु लाईनका छन, लगनशिलछन । अव कमाउलानकी भन्ने लागेकाे थियाे, उनिहरुका लागि केहि गर्न सकेकाे हैन, यता बर्षाै पहिले नै पुरै पैसा लिएकाे अहिले सम्म पास गर्दिने हैन, अरुलाई ३ लाखमा बेच्न खाेजेकाे घडेरी त्याे ईश्वरले हामीलाई १३ लाख लियाे, त्याे बेला ३० हात माेहडा ८० हात पिछाड भनेकाे अहिले १८ हात माेहडा मात्र छ, त्याे पनि खाेलाकाे अाडमा, अघिल्लाे पटक त पैसा फिर्ता दे बाबु, भनेकाे कुटुला झै अाईलाग्याे । " सानी मन गर्हुङ्गाे बनाउदै थप्छिन, "हजुर जस्ताे सबैकाे भलाे चाहने र सबैकाे मर्कामा साथ दिने मान्छेलाई, मेरै दिदिका सन्तानले कति दुख दिए, दाईकाे त कुरै नगराै, म र छाेराहरु बाेल्न सक्दैनौं, जति गालि गरेनी मलाई नै गर्नुहाेस । जसरी हुन्छ हासीहासी लिउ अाईन्दा नामै नलिउन है । भारतकाे त्याे दुख यहा अझ बढि भएकाे छ । त्यहा हुदा २८/ ३० बर्ष नेपालै अाउन सकेनौं । यहा पनि सबैले उठ्नै नसक्ने बनाउने भए । "
पतिले सानीलाई माया गर्दै भने, "तिम्राे साथले गर्दा जति दुखमा पनि पिडा भएकाे छैन, छाेराहरुले फाेन गरेका थिए, बिदेशमा छात्रवृत्तिमा पढ्न र पाए वागिर गर्न जान पाउने भए जान्छाै है भनि ठुलाे र कान्छुले साेधेका थिए मैले हुन्छ भनेकाे छु , सानुकान्छाेलाई पढाएर सकाउन पाए, पढाउने दायित्ववाट उम्कने थियाै ।
टिईईइ ..... सबेरै बिहानकाे शहर जाने जिप माथिबाट अाउदै थियाे । जिप अगाडी अाईपुग्छ, "एउटा सिट है गुरु" अगाडिकाे सिट गुरुले राखिदिन्छ । गाडी चढ्ने भिड अाउदै गरेकाेले केहिबेर राेकीन्छ । "सानी म काम नसकि फर्कन्न है, काम सकियाे भने अाजै फर्कन्छु नत्र..... । जिप हिडिहाल्छ । जिपमा १५/१६ जना हुन्छन । कच्चि बाटाे भिरपाखा खुव हल्लाउछ । अप्ठ्यारो, उकालाे, अाेरालाे कच्ची बाटाेमा हुईकिएकाे जिप अगाडि भैसी दाेडिन्छ । गाडि डिल तिर पुग्छ । सबै हामफाल्छन । ड्राईभरकाे अर्काे साईडबाट जिप सय दुई सय मिटर भन्दा तल बजारिन्छ । भिमार्जुन काेचाकाेच भित्र सिटमा भएकाले हामफाल्ने माैका समेत पाउदैनन् । ८ जना घाईते हुन्छन । त्यसमध्ये ३ जना सिकिस्त, एफएमले समाचारमा नाम सहित भन्छन । घाईते सबैलाई अस्पताल पुर्याईन्छ । भिमार्जुनलाई मृत घाेषणा गरिन्छ, ईश्वरले अस्पताल मै साचाजिक सञ्जालकाे भित्ताे श्रद्धाञ्जली र समबेदना लेख्दै रंगाउछ । मृत भिमार्जुनकाे सबैभन्दा नजिककाे नातेदार खाेजिन्छ । ईश्वर म हु, उहाकाे नजिककाे नातेदार भन्दै अस्पताल पुग्छ ।
याे लधुकथा काल्पनिक हाे कसैकाे घटना सग मेल खाए संयाेगमात्र हुनेछ ।
No comments:
Post a Comment