लघुकथा/श्रीमती ज्यु !
-चन्द्र बस्ताकाेटी, पाेखरा
" शंकरदेवको घर हेर त दुई दुई ठाममा त्याे पनि दुई तिन तले ! स्वराजले समेत घर बनाएछ । खै हाम्रो घर ? घडेरी समेत जाेडेकाे छैन । शहरैमा दामदेबकाे ४ बटा घर ३ गाडी उस्तै ब्यबसाय। अाफ्नै घरमा बस्ने हाम्रो चाहना कहिले बुझ्छाै बुडा ? जाे जतिसुकै धनी भएपनि हामीलाई काम लाग्दाे रहेनछ । देवरानी जेठानी गाडीमा सरर ।
तपाईकाममा पनि गाडि घर भएकाे भए सबैले वाह् वाह् गर्थे । साच्चिकै नमस्कार ठाेक्थे । अन्तरमन देखि समाजसेवा भन्याछ, हिड्याछ । फुर्क्याईदियाे भने छाेराछाेरी दुलहि छन भन्ने समेत पत्ताे नपाई सज्जन भएर अरुकै लागि हिडेकाे छ, डुलेकाे छ, कसले के दियाे यत्रा बर्ष समाजसेवा गरेर । खै अाफन्त , छिमेकीहरु पनि समाजसेवा भन्दै कमाउ धन्दामा छन क्यारे । अरुकाे रिन समेत तिर्न सक्या हैन । बैक, मान्छेहरुसग लिएकाे रिन कहिले तिर्ने हाे ? हुदा हुदा छाेरा छाेरीलाई के ख्वाउ भन्ने पिर हुन थालेकाे पनि बर्षाै भयाे । बच्चा पढाउन कति गाह्रो भएकाे छ? थाहनै छ । भएका गरगहना जति बेचेर सकियाे । अव के गर्छाै हाे हुतिहारा ? यसै गरि कुमारी अाफ्नाे लाेग्ने ईश्वरलाई रातदिन कचकच गरिरहन्थी ।
जति फतफताए पनि ईश्वरकाे अाफ्नै बाध्यता थियाे । बेला बेला ईश्वर भन्दथ्याे, कुमारी हामी स्वाभिमानले बाचेका छाै, कसैले सानैमा हामीलाई ठगेर कमाए, कसैले मिटर ब्याजले कमाए, कसैले ठुलाे डाकाे गरेर कमाए, कसैले सालाे ठगेर कमाए, कसैले हामीलाई नै ठगेर कमाए, सबै तिर दलालै दलाल छन, शक्ति, राजनिती भन्दै ठग्नेहरुकाे जमातै छ । घुस खाएर र घुस खुवाएर कमाउनेहरु धेरै छन । कानुन, नैतिकता हराएकाे माे देशमा यस्ता मान्छेकाे बिगबिगी छ । अनैतिक, ठगहरु र सज्जन बिच फरक छ, हामी जस्ता स्वाभिमानीहरु यस्ता मान्छेलाई हेरेर दुखि हुनु हुन्न । यि अाफन्त भए पनि दलाल हुन ।
"मलाई धेरै नभन्नु होस् ! बिहान उठेर झाडु, भान्सा, दाेकान, दिउसाे भान्सा, कपडा धुन, बारीमा अभाबै अभाबमा दिन बित्ने भाे । " कुमारी यसरी नै लाेग्नेसग फतफताउन छाेड्दिन । "तिमी बाेलेर के गर्नु मलाई दलाली गर्न अाउदैन । अरुलाई चिल्लाे पारेर बाेल्दै ठग्न अाउदैन मेराे कमजाेरीमा रात दिन नअत्याउन श्रीमति ज्यु" ईश्वर बाेलिहाल्छ ।
" त्याे उमेश बाेल्न कति जान्या हाे, बाेलीले नै कमाई गरेकाे छ, छाटकाटसग परिवार पालेकाे छ । सान नै छुट्टै छ । जग्गा दलाल गर्छ, मान्छेलाई पैसाे चाहिए बैकबाट निकालि दिन्छ, कसैलाई मिटर ब्याजमा पैसाे दिन्छ, दुलहि भने हामीलाई टेडाे गरि हेर्छे ।
हाम्रा छाेराछाेरी ठगीमा लाग्ने छैनन । सज्जन साेचेका मान्छेहरु नै प्राय ठगहरु देख्दा सबै ठग बस्नेदेश जस्ताे लाग्छ । तर कहिल्यै ठगि र गलत काममा नलागेकाेले
मेराे परिवार प्रतिगर्व छ मलाई" ईश्वर पत्नीलाई भन्छ ।
"ठुलाराम की दुलही सज्जन थिईन । अस्ति चिठ्ठा परेर घर किनेकी अव तिनै फटाहाहरुकाे स्वास्नीहरुसग मिल्ने हाेलिन । भक्तिरामले पनि गाउमा दुख गरेर घर बनाए । परासरकाे कुरै नगराै जाे सग भेटभाे उहि ठगिन्छन, ससुराे पनि भनेनन्, अरु कसलाई बाकीराखे हाफनन र ? । सबैलाई ठगेकाे धनले फलिफाप हुदाे रहेछ, छाँटले हिन्छन् अरुलाई ठगेकाे पाप लाग्दाे रहेनछ, अझ राजनिति गर्ने रे । बिचरा सज्जन देवरहरु पनि हामी जस्तै भका छन है ।" कुमारी बाेल्छे ।
हाे त श्रीमती ज्यु तर नामलिएरै कसैकाे केहि नभन । माेवाईलमा रेडियो बजाउदै भन्छ, गलत नियतका मान्छेहरुसग पैसा छ, पैसाले शक्ति, कानुन किन्न मिल्ने नेपाला यसरी नवाेल, अरुलाई नामै लिएर केहि नबाेल । कुमारीलाई सम्झाउदै ईश्वर भन्छ । देशमा राजनितीक उथल पुथल भएकाे जस्ताे लाग्थ्याे । खै के के हुने हाे । "धेरै कर कर नगर है बुडा । जहा जे भएनि हाम्रालागि केहि हुने हैन। सब भष्टहरुकै लागि हुनेहाे । अविवेकी पति पाउनु भन्दा बिहे नगरि बस्नु ठिक बरु । छाेराछाेरी नभएका भए त छाेडि दिन्थे ।
रेडियाे बज्छ, केहि समय पहिले श्रीलंकामा नेला लखेटिए जस्तै नेपालमा ठगहरुकाे भागाभाग हुने भएकाे छ । नवनिर्वाचित युवा प्रधानमन्त्रीले राजनितिक, अार्थिक एव माैलिक हकमा अामुल परिवर्तन गर्ने भएका छन । अाफ्नै दलका केहि नेताकाे बिराेधका बिच सबै अार्थिक काराेवार बैकबाट मात्र गरिने, बैकिङ काराेवारलाई कडा निगरानीमा गरिने, उत्पादनमा जाेडदिईने, अाजैबाट हजार र ५ सयका नाेट निष्कृयहुने, सबै जग्गा, सेयर लगायत सरकारी करण गरिने, बनेका सबै संरचना राज्यकाे हुनेछ भने उपभाेग गरे बापत राज्यलाई बार्षिक कर बुझाउनु पर्ने सरकारकाे दाबी छ । उत्पादन मुलक कार्यमा लागेका लाई छानबिन गरि प्राेत्साहन गरिने बताउदै कार्यान्वयनमा तत्काल लगे पछि समर्थन र बिराेधमा जुलुस भईरहेकाे छ । प्राप्त समाचार अनुसार ठगिमा लागेकाहरु सबैलाई छानबिन गरि देश बिकासमा समेत टेवा पुर्याउन दलाली, चाेरी, ठगि शाेषणमा लागेका श्रमबन्दि बनाई पुर्वाधार का काममा लगाईने छ, यि सबै कार्यका लागि अधिकार प्राप्त अायाेग गठन गरिएकाे, बिदेशमा रहेकाे सम्पत्ति १ महिना भित्र पहिचान गरी राष्ट्रियकरण गरिने छ । उक्त सबै कार्यका लागि बिपक्षीले समेत साथ दिने भएकाे छ । सबै नाका, हवाईसेवा, अन्तरास्ट्रिय समाचार, अन्तरास्ट्रिय टेलिफाेन सेवा सामाजिक सञ्जाल, ईन्टरनेटसेवा समेत कम्तिमा एक महिनाका लागि बन्दहुने सरकारी प्रवक्ताले बताएका छन । राष्ट्रिय समाचार प्रसारण गर्ने नेपाली मिडियाहरु भने स्वस्फूर्त रुपमा चल्ने छन । अर्काे टेलिभिजनले पुराना नेताहरुकाे कर्तुत देखाई रहेकाेरहेछ । रिमाेटकाे बटन फेरी थिचेकाे अर्को टेलिभिजनले नेताहरु र ठुला दलालहरु भागाभाग गरिरहेका थिए ।
समाचार सुन्दा सुन्दै श्रीमती ज्यु खुसी हुदै भनिन् । बुडाे त मेराे जस्ताे हुनु पर्ने । अाधा भन्दा बढि जनसंख्या त श्रम कैदि हुने भए । अव केहि हुने भाे । धनी र गरिबीकाे बिभेद हट्ने भाे । पतिहाेस त मेराे जस्ताे ।
बल्ल बुझ्याै श्रीमती ज्यु? म झल्यास बिउझिए ।
२०७९ साल आषाढ २७ गते, आइतबार, दिउँसो १ बजे, कास्कीकाेट, पाेखरा ।
No comments:
Post a Comment