लघुकथा : भोट
दिपेन्द्र सबेरै खाना खाईवरी वडा कार्यालय हाकीयाे।
नमस्कार अध्यक्ष ज्यु, बुवाकाे उपचार, हेरचाहले समयमै बधाई दिन अाउन सकिन अाज बधाई दिन र एउटा काम लिएर अाएकाे छु ।
नव निर्वाचित वडा अध्यक्ष बहादुर मुन्टाे बटार्दै बास्ता नगरी माेटरसाईकलबाट अाेर्लदै वडा कार्यालय तिर लाग्छ ।
दिपेन्द्रलाई छाेरीले फाेन गर्दै भन्छे बाबा छिटाे सिफारीस लिएर अाउनु है अाजै नागरिकता बनाउन जिल्ला प्रशासन जानु पर्छ । ढिला भईसक्याे ।
दिपेन्द्रकाे बच्चै देखि एउटै स्कुलमा पढेको साथी वडा अध्यक्ष बहादुर वास्ता नगरी हिडेकाे देख्दा दिपेन्द्र लाई अफ्ट्यारो लाग्छ तर पनि पछ पछि जान्छ । दिपेन्द्र पनि सिधै वडा अध्यक्ष काे काेठामा गएर भन्छ , छाेरी १६ बर्ष पुगि सकि, छाेरीकाे नागरिकता बनाउन अाएकाे बहादुर । अध्यक्ष बहादुर रिसले अागाे हुदै भन्छ, चुनाबमा मलाई तैले धाेखा दिईस । बुवा बिरामीकाे नाटक गरिस ?
हैन, बुवा बिरामी भएर ६ दिन अस्पताल बस्याै । डाक्टरले अझै केहिदिन राख्नु पर्छ भन्दा भन्दै २८ गते नै डिस्चाज गराएर अायाै र सबैले भाेट हालेका हाै । बुवा अझै ठिक हुनु भएकाे छैन ।
तेराे बाउ जेसुकै हाेस, धन्न अरुले सहयाेग गरेर जिते तैले हराउन नाटकगरेकाे हाेस ।
दिपेन्द्र लाई रिस उढ्याे, तलाई हराउन मेराे बुवा बिरामी भएकाे साेचेकाे हाेस भने पनि केहि छैन तर मेराे छाेरी काे नागरिकताकाे सिफारिस चाहियाे । दुवैकाे भनाभन हुन्छ । चुनाब जिते पछि भाेट दिने र नदिने बिच असमान ब्यबहार नगर्नु पर्ने हाे, हुनत याे पहिले देखिकै सन्काहा हाे मनमनै गम्दै उ निस्कियाे । बहादुर कुन दिन अफिस अाउदैन भनि बुझेर बसेकाे उसले उ नअाउदाकाे दिनमा कार्यवाहक सग सिफारिस बनाई लग्याे ।
५ बर्ष सम्म जनताकाे हरेक समस्यामा दिपेन्द्र अग्र भागमा देखिन थाल्याे । हुदा हुदा समस्याकाे समाधान नै दिपेन्द्र हाे भन्ने मान्छे हरुमा पर्न थाल्याे । पाच बर्ष पछि दिपेन्द्रले नगरकाे मेयरमा स्वतन्त्र उमेदवारी दियाे । दिपेन्द्रकाे उमेदवारीले बहादुर असिना पसिना भयाे । जनताकाे मन बुझेकाे दिपेन्द्र र नेताकाे मन बुझेकाे बहादुर बिच प्रतिस्पर्धा भयाे । दिपेन्द्र मेयर भयाे बहादुरकाे जमानत जफत भयाे ।
चन्द्र बस्ताकाेटी
No comments:
Post a Comment