कथा : मृगौला फेल ?
चन्द्र बस्ताकाेटी
लामाे समय देखी फ्राेजन साेल्जरकाे बिरामी शशि अस्पतालमा दैनिक फिजियाेथेरापी गराउदथ्याे । काेल्टाे फेर्न नसक्दा छाेरीहरु र पत्नीले सहज बनाई दिन्थे, दाहिने हात माथी उठाउन नसक्ने उसलाई प्राय खाना खुवाउथे, हात ब्यायामका लागि धुमाई दिन्थे । पलपलकाे दुखाईले शशि घरिघरि मृत्यु चाहन्थ्याे ।
छिटाे निकाे हाेस भनेर पाेखरा र काठमाडौका प्राय सबै हाडजोर्नी तथा नसा राेगका बिषेशज्ञ देखाएकाे थियाे । उमेर, बिज्ञता र बिरामीसग डिलगर्ने तरीकाका कारण हाडजोर्नी तथा नसा राेग बिषेशज्ञ डा कृष्णा सबै भन्दा उत्तम चिकित्सक साेचेकाे उसलाई दाहिने हर खपि नसक्नु गरि दुखेर च्याप्दै जान थाले पछि डा कृष्णाले "अव म्यानुपुलेसन नै अन्तिम बिकल्पहाे, अप्रेशनका लागि तयार हुनुस।" भनेपछि पैसाकाे जाेहाे गरेर अप्रेशन गरिहाल्ने कुरा भयाे ।
फिजियाेथापी पछि महेन्द्रपुल मेडिकल लाईन स्थित एक अाैषधि पसलमा छिर्याे । पाेखराका एक प्रतिष्ठित पुराना डाक्टरले शशिकाे खुट्टा अाफ्नाे अाैलाले अठ्याउदै भने "तपाईकाे किड्नी फेल भए जस्ताे छ, रगत पिसाब ल्याबटेष्ट गराई फिक्स गराउनु हाेस" शशिकाे हाेस उड्याे । अव अर्काे ठुलाे बजपात अाईलाग्याे । डाक्टरले अरु केके भने शशिले पत्ताे पाएन्, बाेल्नै सकेन् । डाक्टर र मेडिकल साहुलाई के भनेर हिड्याे, उसैलाई थाह भएन । शशि काेठामा पुगेर अाफैले अाफैलाई सम्झाउदै परिवारकाे भबिष्य मनमनै संझन थाल्याे । पिडामाथि पिडा थपियाे ।
धेरै मृगौला फेल भएकाहरुसग उपचारका लागि सहयाेगि बनेकाे उसले कसैलाई नभनी पहिले टेष्ट गराउने निधाे गर्याे ।
पत्नी, छाेरीहरु, अामा बहिनी शशिलाई किड्नी फेल भएकाे भन्ने सुन्दा अात्तिने डर थियाे । टाेलाउदै घाेप्टाे परेर परिवारलाई सम्झेर रुन खाेज्थ्याे । परिवारका सदस्यहरु हातकाे पिडा सहन नसकेर हाेला भनि संझाउन खाेज्दाखाेज्दै अाफै रुन थाल्दथे । शशिलाई पटक्कै निन्द्रा लागेन, उकुसमुकुस भयाे । छिट्टै मर्दै छु भनेर सबै परिवार, साथिभाई सबै बिगत सम्झदै भक्कानाे छाेडेर राेईदिउ जस्ताे गर्याे । फ्राेजन साेल्जर सगसगै थपिएकाे मृगौला ड्यामेजलाई प्राथमिकता दिनै पर्याे । राेगकाे उपचारै फरक गराउन पर्ने भएपछि अप्रेशन थाति राखेर चिकित्सककाे सल्लाह अनुसार केहिदिनमा अस्पताल र ल्याबबाट परिक्षण पुरा गरायाे । फ्राेजन साेल्जरबाट एकै चोटि किड्नी ड्यामेजले अस्पताल धाउनु पर्दाकाे पिडा कम दर्दनाक थिएन । ल्याबकाे अन्तिम नतिजा अायाे, डाक्टरले भने, "शशि तिम्राे मृगाैला सकुशल छ।", ....... .... ........ .... शशि त्यहि डाँको छोडेर रुन थाल्यो ।
पाेखरा २०७९ असार २९
No comments:
Post a Comment