समाजकाे अगाडि मुखै देखाउन नसकिने भएपछि नम्रताका बाआमा घरबाट बाहिर ननिस्केकाे महिना दिन जति भैसकेकाे थियाे।
दुनियाँको नजरमा नम्रता कलंकित भएकीथिई, कारण उसकाे पेटमा पापको बेनामी बृज हुर्कदैथियाे ।
“के हो नम्रता, दिनदिनै अनुहार र जीउ त परिवर्तन हुदै गाको पो देखिन्छ तिम्रो ?”कतिले पेटतिर आँखा गाड्दै ब्यङ्ग्यात्मक शब्दका झटारा हान्थे, मर्माहत हुन पुग्थी ऊ ।
भित्र दुई मन कुस्ती खेल्न थाले, एउटाले भन्थ्याे, आफ्नै अस्तित्व मेटाइदे यस सन्सारबाट, यति भए न रहे कृष्ण न बजे बाँसुरी ,
अर्कोले भन्थ्याे, आफ्नो अस्तित्व मेटाउने कुचेष्टा नगर ,नर्कमा पर्छेस ।
बरु तँभित्रको पापको निशानीले जन्मिए पनि उसलाई समाजले सम्मान दिनेछैन,
मेटाइदे यसलाई,“म आमा कसरी सकुँला ,मेरा रगतका थोपाथोपा मिलेर बनेको म जस्तै मेरो अस्तित्वलाई मेट्न ।
के गर्छेस त,अरु विकल्प पनि त छैन ।
मेटाइदे,
मेटाइदे ,
यसैमा अडिग रही । एबोर्सनको लागि भोली अस्पताल जाने योजनाका साथ सुती ऊ ।
गहिरो निन्द्रा सपनालाेकमा पुगी l निकाली धारिलो हतियार,भित्र लुकेर बसेको पापको निशानी माथि चक्कु दाब्न लागेकीमात्र थिई ,
एउटा स्वर बुलन्द भएर निस्कियो ,"खबरदार ,म निर्दोषमाथि किन हतियार उठाएको ?"
“के गर्नु त तेरो कारणले म बाँचेर हिड्न नसक्ने भएँ ,”
“आमाले त बचाउछन् पो ?”
“ म कसरी बच्नु त ?”
“सहेर”
“सहने सामर्थ्य छैन ?”
स्वर अझ चर्कियो,"मलाई बाहिर निस्कन देऊ,मेरो कारणले तिमीलाई बाच्न नदिने यो समाजको नियम,
ध्वस्त पार्ने हतियार लिएर आउदैछु म । "
चक्कु दाब्दै गरेको नम्रताको हात निशानीबाट हट्दै गयो ।
बिष्णु भण्डारी अाचार्य, बलबारी माेरङ
No comments:
Post a Comment