Tuesday, July 19, 2022

अपरिचित मित्रतामा धाेखा

 लघुकथा : अपरिचित मित्रतामा धाेखा

पुष्प: तपाईहरुकाे गुन कहिल्यै भुल्ने छैनाै । नयाठाउ समस्यामा यस्तो सहयाेग पाउछाै भन्ने कल्पना नै थिएन । चन्द्र जी र शाेभा मेडम नभएकाे भए हामी लास बनेर जानू पर्थाे । गुन तिरेर कहिल्यै सक्ने छैनाै ।


रमा: तपाईहरु हाम्राे भगवान बन्नु भयाे । काठमाडौं आउँदा जसरी पनि बस्ने गरि अाउनु जसरी पनि सम्झिनु हैं , हाम्रो घर बाटैमा पर्छ ' । शाेभा मेडमलाई जसरी पनि ल्याउनु है ।

अनामिका : मामु , याे अंकल अान्टिले माया गर्नु हुन्छ । 

 चन्द्र  : तपाईहरुकाे सहयाेग गर्नु हाम्रो कर्तब्य हाे । तपाईहरुले पनि हामी जस्तालाई अापत पर्दा सहयाेग गर्नु हाेलानी । 


उत्तरी हावा बढि नै चले पछि ५ दिन देखि जहाज चलेकाे छैन । ६ दिन पहिले एक नाम चलेकाे राष्ट्रिय दैनिककाे डेक्समै कार्यरत पति पुष्प र साेहि सम्वद्द एक मासिकमा कार्यरत पत्नी रमा, छाेरी अनामिका सहित जाेमसाेम अस्पतालमा लेक लागेपछि अक्सिजन लिएर २ दिन बसे । उनिहरुकाे अस्पताल बसाईमा सुप, जाउलाे तातोपानी लगायतकाे ब्यबस्था शाेभाले गर्दै अपरिचित पाहुनाकाे सक्दाे हेरचाह गरेकी थिईन । अस्पताल बाट डिस्चार्ज पछि पनि सकेको जानेको भोजन मिष्ठान्न बनाएर खुवाएकी थिइन् । त्यतिनै बेला माेवाईल नम्बर साटासाट गरेका थियौं । मुक्तिनाथ जान अाएका उनिहरु  माेटरसाईकल मात्र चल्ने भएकाले अरु जस्तै हिडेर जादा  लेक लागेपछि खिङ्गाबाट जाेमसाेम झारिएकाे थियाे । ७ बर्षकी अनामिका भने अामाबाबु बिरामी भए पनि केठाकेटी भएकाले खासै चिन्तित थिईनन । खिङ्गाकी सेर्किनि गुरुङले पत्रकार भएकाे थाह पाए पछि चन्द्रलाई फाेन गरेकी थिईन । त्यसपछि ३ जना मान्छे खाेजी उनलाई एक्लेभट्टि पुर्‍याईएकाे थियाे ।


त्यहाबाट जाेमसाेम टेक्टरमा अस्पताल ल्याई भर्ना गरियकाे थियाे ।

 

हिउदकाे समय सबै बेसी झरेझै चन्द्रकाे परिवार पनि २ महिनाका लागि पाेखरा झरे पछि दाेकानकाे सामान खरिद गर्न काठमाण्डु पुगेकाे भाेलिपल्ट पुष्प र रमाकाे घर जानेकुरा शाेभाले निकाले पछि चन्द्र भन्छ, हाे त हाम्रो २१ हजार पनि लिनुछ । चिन्दैनचिनेका उनिहरुलाई सक्दाे सहयाेग गरेकै हाे । तिमीजाने शुरसारमै थिईनाै, अब राम्रै सत्कार पनि गर्लान नि । 

शाेभा: फाेन गरेर जान पाएकाे भए।  जाउजाउ  । 


आज फोनमा भनिदिएँ , "जति चोटि थिचे पनि त्यतै मात्र जाँदो रहेछ , सायद प्रेम बढी भएर होला । रङ्ग नम्बर रहेछ  । मैले नम्बर नै मेटाइदिएँ । अब भेट हुँदैन ।

No comments:

Post a Comment

सकारात्मक साेचसग सुन्दर जीवन भाग २

चन्द्रेश्वर बस्ताकाेटी महामारीका दिनहरूले धेरै कुरा सिकाए। विश्व थामिएजस्तै भयो, मान्छेहरू भित्रभित्रै कमजोर पनि भए, तर मनभित्रको धैर्य अझ ब...