Friday, November 4, 2022

एल्बम : यादहरुको संगालाे

समय बदलिदै जान धेरै समय कुर्नु पर्दाे रहेनछ ।  सायद अहिले भन्दा १ सताब्दि पहिले फाेटाे खिच्ने खिचाउने चलन थिएन । करिब ५० बर्ष यता फाेटाे खिचाउने चलनकाे शुरुवात राम्रैसग भयाे । करिब १०/१५ बर्ष अगाडी सम्म स्टुडियाेमै फाेटाे खिचाउने चलन खुव थियाे । तिनै फाेटाेहरुकाे संगालाे एल्बम थियाे । 

तस्विर खिचाउने चलनकाे सरकारी निकायले समेत मान्यता दिएर नागरिकतामा फाेटाे राख्न थालेकाे करिब ५० काे हाराहारी  भयाे हाेला । 

पहिले पहिले पाहुना आएमा खाजासँगै फोटो एल्बम राखि दिएर ईतिहास बुझाउने चलन थियो । विभिन्न कालखण्डमा कैद गरेका ती तस्विरहरु हेरेर पाहुनाले समय कटाउँथे ।

अहिले समय फेरिएको छ । हिजाेअाज वाईफाइ पासवर्ड दिएर घरमा  अाउने आगन्तुकलाई  स्वागत गर्नुपर्ने  हुन्छ । , वाइफाइ दिए पछि पाहुनासग  सामान्य भलाकुसारी समेत हुदैन । बाइफाईले सबैलाई एकाेहाेराे बनाएकाे छ , समय काट्न सजिलाे बनाएकाे छ। 


सबैका हात-हातमा मोबाइल छन। सबै मोबाइलमा क्यामेरा छ । भिडियाे, फोटो खिच्न र संग्रह गर्न कुनै आइतबार पर्खिरहनु पर्दैन । एक क्लिकमै कामकुरो फत्ते हुन्छ । सामाजिक सञ्जाल सङ्ग्रहका र अरुलाई देखाउने माध्यम बनेका छन ।  

प्रबिधिकाे फड्काे सगैकाे डिजिटलाइज्ड हुँदै गरेकाे यो समयमा फोटो एल्बम भने कुनै कुनामा थन्कीएकाे छ, कसैलाई वास्ता छैन ।  त्याे पुरानाे जमाना थियाे, कुनै खास क्षणलाई क्यामेरामा कैद गर्ने, फोटो प्रिन्ट गर्ने र त्यसलाई जतनसाथ संग्रह गर्ने प्रचलन त्याे प्रचलन प्रबिधि सगै  हराउँदैछ । अतीतका कतिपय क्षण अतीत मै मेटिंदैछन । 

विगतमा फोटो खिच्ने, धुलाउने जुन उपकरणहरु, प्रबिधिहरु थिए, ति सब आज एकादेशको कथा हुदैछन । चाडपर्व, बिषेश कार्यक्रम, भ्रमणमा  रंगीन फोटोले छुट्टै रौनक ल्याउँथ्यो । रिल हालेर ३६/२७ बटा फाेटाे फारो गरी गरी फोटो खिच्नुपर्ने, रिललाई निकालेर कलरल्याबमा धुलाउनुपर्ने हुन्थ्यो । यसरी लामो प्रक्रिया र समय पछि मात्र प्रिन्ट भएर आउने सग्लो फोटो हेर्न पाइन्थ्यो, जसले सधैं कौतुहलता पैदा गर्थ्यो । सादा (B/W) फाेटाे धुलाउने त्याे अध्याराे काेठा, स्टुडियाे, लाईटहरु सब मेरा लागि मात्र हैन सबैका लागि अव सम्झनामा मात्र रहने छन ।

यसरी खिचिएका फोटो एल्बममा सजाएर जतनसाथ राख्ने प्रचलन थियो । एलबम थरिथरिका किन्ने चलन थियाे । 

म करिब ३० बर्ष देखि फाेटाेग्राफीसग काे संगतमा छु । पछिल्लाे समय ति पुराना दिन, त्याे स्टुडियाे, त्याे ब्लायाक रुम, रिल, त्याे इन्द्रेणी फाेटाे स्टुडियाे देखिकाे यात्रा बाट थाेरै थाेरै संझना याे मनमा मात्र राखेर बिछाेडिएकाे पनि २० बर्ष भई सकेछ । मेरो अनुभवमा पहिले फोटोमा छुट्टै  अन्तरंग, आत्मीयता, माया, भावना, झुकाव र कौतुहलता हुन्थ्यो । अहिले त्याे सबै  पहिले डिजिटल क्माेयामरा र अहिले हातहातकै माेवाईलबाट बदलिएकाे छ, त्यस्तो हुँदैन ।

फोटो खिच्न, धुलाउनै नपर्ने गरि हेर्न, रिल सकियाे भन्ने चिन्ताबाट मुक्त भएकाे मात्र हैन सहज अनि सर्वसुलभ भएको छ । तुरुन्तै खिचेर हेर्न सकिन्छ । फाेटाेग्राफीकाे त्याे तालिम अावश्यक देखिएकाे छैन, यही कारण मान्छेमा फोटोप्रतिको आत्मीयता हराउँदै गएको भए पनि अाधुनिकता सगै रमाउने अवसर पनि मिलेकाे छ ।

अाफ्नै फाेटाे स्टुडियाे हुदा समेत अहिले जसरी एकै दिन हज्जाराै फाेटाे खिचेर नराम्राे फालिदिने चलन थिएन ।  त्यतिबेलाको फोटोसँग मान्छेको छुट्टै लगाब थियो । फाेटाेलाई जतनले फाेटाे राख्ने, पटक पटक हेर्ने, अफन्त सुभेच्छुक लाई त्याे एलबम  देखाउने प्रचलन हराउँदै गएको छ, ईतिहास बन्दैछ ।

फोटो खिचाउनु र त्यसको प्रति हात लाग्नु सजिलो थिएन । त्यसैले पनि फोटोप्रति हामी सबैको झुकाव बढी रहने गरेको मेरो अनुभव छ । कुनै पनि कुरा जति दुर्लभ हुन्छ, त्यसको मोल उत्ति नै हुने भने जस्तै थियाे । खास अवसर, समयमा फाेटाे खिचिएकाे हुन्थ्याे, जुन फोटो निकै जीवन्त लाग्थ्यो । प्रबिधि सगैकाे बिकासले अहिले कृत्रिमता भेटिए जस्ताे लाग्छ ।  अहिले फोटो खिच्ने, एडिट गर्ने थुप्रै सुविधाले गर्दा फोटोमा प्राकृतिकपन हराएको हाेकि भन्ने भान भए पनि एलबम जमानामा त्याे कसैले साेच्ने कुरा थिएन ।

बुढ्यौलीमा दम्पतीले आफ्नो जवानीको फोटो हेर्दा, वयस्कले बाल्यकालको फोटाेहेर्दा कस्तो लाग्दो हुन्छ,  थुप्रै अनुभूति हुन्थ्याे ।

शुरुमा ल्याब, स्टुडियाेबाट फोटो ल्याएर हेर्न एलबममा राख्न तछाड मछाड चल्थ्यो । म मेराे स्टुडियाेमा अाफैले बनाएका ब्याल्क एण्ड ह्वाइट तस्विर समेत एलबममा राखेर खुव हेर्थे । सबै फोटो हेर्न पाउने कुराले बेग्लै उत्साह ल्याउँथ्यो । अहिले पनि ति पुराना तस्विर देख्दा फाेटाे प्रतिकाे अात्मियता बढ्छ । अहिले जस्तोसुकै फोटो हेर्दा पनि त्यस्तो महसुस हुँदैन । अहिलेको फोटोमा खास कौतुहलता नै हुँदैन । जिवन भाेगाईकाे ईतिहास भेटिन्थ्याे एलबममा । अरुका एल्बम हेर्न पनि खुव चाख थियाे ।

फोटो जतन गरि भोलिका दिनमा हेर्न सक्ने गरी भावी पुस्तालाई विगतको रहनसहन, परिवेश, घटना, अवस्था बुझाउन पनि एल्बम एउटा माध्यम थियाे  ।

एल्बम केवल फोटो राख्ने भण्डारमा मात्रै सीमित थिएन । यसले साथिभाई,  परिवारलाई संगठित बनाउने, प्रेमभाव जगाउने तथा एकअर्कासँग समय बिताउने माध्यम पनि थियो । तर एल्वम सस्कार हराउदै जादा भएका पुराना एल्बम र फाेटाहरु थोत्रा हुन लागि सकेका छन् ।

अझ सानाे छदा बिदेशिले खिचेर पठाईदिएकाे फाेटाे खुब प्रिय बन्दथ्याे,  विगत कस्तो, कुन क्षणमा कहाँ र कस्ता थियौं ? हाम्रा आफन्तसाथिभाई को थिएँ ? काे कस्ता थिए ? यी कुरा एलबममा राखिएका फोटोले बाेल्थे ।

पुरानो फोटोले गम्भिर उत्सुकता र भावना बोकेको हुन्छ, जसलाई सम्झिंदा पनि आनन्द आउँछ ।  केही समयअघि सामाजिक सञ्जालमै पनि पुराना फोटो उत्खनन् गरेर लाइक कमेन्ट गर्ने लहरनै चलेको थियो । 

अाफ्ना पुराना फोटोसँगको बेग्लै आत्मीयता र भावना जोडिएकाे हुदा ति फाेटाे देखेर जाे काेहि पनि निकै प्रफुल्लित र आन्निदत हुन्छन ।

पुराना तस्विर देख्दा म अझै सामाजिक सञ्जालमा पोस्ट्याउँछु । 

एल्बमका  फोटोले समय, घटना, ईतिहास सम्झिने सबैभन्दा उत्तम विकल्प र माध्यम थियो । यो इतिहासको दस्तावेज एल्बम सस्कार हराएकाे छ ।


सम्झनामा इन्द्रेणी फाेटाे स्टुडियाे

चन्द्रेश्वर बस्ताकाेटी

No comments:

Post a Comment

नेपाली चुल्हो

 के तपाइँ अाफ्नाे छुट्टी को समय को राम्रो उपयोग गर्न चाहनुहुन्छ?    के तपाई केहिदिन आफ्नो घरबाट टाढा खुसियालीमा  बस्न चाहनुहुन्छ?  छुट्टै रा...