Monday, November 17, 2025

सकारात्मक सोचसँग जीवन सुन्दर १

– चन्द्रश्वर बस्ताकोटी, नेपाल जीवन राम्रै छ, यदि सोच राम्रो छ भने। मानिसको सोच नदीजस्तै हुन्छ—एकछिन चट्टानसँग लड्छ, अर्कोछिन माटोसँग घुल्छ, तर बग्न भने कहिल्यै छोड्दैन। जीवनमा कति बाधा आए पनि बाटो आफैँ बनाउँदै अघि बढ्नुपर्छ। डरिने, भाग्ने, निराश हुने होइन—अडिने, सामना गर्ने र फेरि उठ्ने हो। जबसम्म मुटु धड्किरहन्छ, सम्भावनाको बाटो खुलिरहन्छ। अरूको भलो सोच्ने मन सधैं हलुका र खुसी हुन्छ, स्वार्थी मन भने कहिल्यै सन्तुष्ट हुँदैन। जीवनको असली अर्थ अरूलाई खुशी दिन सक्ने क्षमतामा छ। पढाइले मात्रै मान्छे ठूलो हुँदैन, मनले ठूलो बन्नुपर्छ। एक्लै खुशी भएर ताली बजाउनु भन्दा, अरूले तपाईँको खुशीमा ताली बजाइदियो भने त्यो आनन्द अर्कै हुन्छ। मन जित्ने मानिस नै असली सफल व्यक्ति हो। धोका दिएर, फसाएर, अरूलाई दुखाएर अस्थायी फाइदा त पाइन्छ, तर आत्माले कहिल्यै शान्ति पाउँदैन। इमानदार जीवन—सजिलो नहोला, तर सुन्दर अवश्य हुन्छ। जीवनमा धेरै दुःख छैन, हामीले छोटा–छोटा सुखलाई नचिनेर मात्रै दुःखी हुन्छौँ। खानामा थोरै चटनीले स्वाद बढाएजस्तै, जीवनका साना खुशीहरू नै असली मिठास हुन्। जब मनले सकारात्मक कुरा बोल्छ, मुस्कान आफैँ आउँछ, र त्यो मुस्कान अरूलाई पनि फैलिन्छ। पैसाले सबै कुरा किन्न सकिँदैन। प्रेम, सम्मान, इज्जत—यी मनले कमाउने कुरा हुन्। आज संसारका कुनाकुनाबाट मैले साथी बनाएको छु भने त्यो पैसा होइन, सकारात्मक सोचकै कारण हो। वास्तविक धनी त ऊ नै हो—जो मनमा माया, व्यवहारमा सत्यता र जीवनमा इमानदारिता बोकेर बाँच्दछ। महामारीले धेरैको जीवन बदलियो, कहिल्यै नछोड्ने घाउ पनि दियो। तर त्यही कठिनाइले सिकायो—सकारात्मक सोचले दुःखलाई पनि अवसरमा बदल्न सकिन्छ। बाकी कुरा अर्को भागमा… --- ✅ ENGLISH VERSION Life is Beautiful with Positive Thinking – Chandrashwar Bastakoti, Nepal Life becomes truly beautiful when our thoughts are beautiful. A person’s mind is like a river—sometimes fighting with rocks, sometimes blending with soil, but never stopping. No matter how many obstacles appear, life must keep moving forward. Not by fearing, not by escaping, but by standing strong and rising again. As long as the heart beats, the path of possibilities remains open. A heart that cares for others is always lighter and happier, while a selfish mind never finds peace. The true purpose of life is the ability to bring happiness to others. Education alone doesn’t make a great person; a great heart does. Clapping for your own joy feels good, but when others clap for your happiness, it feels magical. Those who win hearts are the ones who truly succeed in life. A life built by hurting or deceiving others may give momentary gain, but the soul never finds peace. An honest life may not always be easy, but it is always beautiful. Life doesn’t have much sorrow— we become sad only when we forget to celebrate the small joys. Just like a little chutney adds taste to a whole meal, small happy moments add real flavor to life. A positive conversation, a simple smile—these can brighten everyone around us. Money cannot buy everything. Love, respect, trust—these are earned by the heart, not purchased. If today I have friends across the world, it is not because of money, but because of positive thinking. The richest person is the one whose heart carries love, whose behavior carries honesty, and whose life carries dignity. The pandemic changed the world, shook many lives, and left scars that remain. But it taught us one truth—positive thinking can turn even pain into opportunity. (To be continued in the next part…)

No comments:

Post a Comment

सकारात्मक साेचसग सुन्दर जीवन भाग २

चन्द्रेश्वर बस्ताकाेटी महामारीका दिनहरूले धेरै कुरा सिकाए। विश्व थामिएजस्तै भयो, मान्छेहरू भित्रभित्रै कमजोर पनि भए, तर मनभित्रको धैर्य अझ ब...