Wednesday, November 2, 2022

कास्कीकाेटबाट शुरु भएकाे नेपाल एकिकरण

Kaskikot Durbar

नेपाल एकीकरणको जस राजा पृथ्वी नारायण शाहलाई जान्छ । पृथ्वी नारायण शाहको उद्गमभुमी गोरखा राज्यको इतिहास खोतल्दै जाने हो भने बाइसी चौबिसी राज्य हुँदाको महत्वपुर्ण कास्की राज्य सम्म पुग्नुपर्ने हुन्छ । शाह वंशिय राजाहरुको उद्गम स्थल कास्की राज्यको दरबार आज पनि हाम्रो कास्कीकोटमा ज्युका त्यु छ । 

मिडियामा  गार्खा, नेपाल एकिकरण, पृथ्वीनारायण शाह र अन्य शाह वंशिय राजाहरुको जति चर्चा परिचर्चा हुन्छ त्यति हाम्रो कास्कीकोटको भएको पाइंदैन । 

वास्तवमा कास्कीबाट लमजुङ हुँदै गोरखा सम्म शाह वंशिय राजाहरु अाफ्ना सन्तानहरु पटक पटक नपठाएको भए हामीले पृथ्वीनारायण शाहको स्मरण गर्न नपाउने मात्रै थिएनौं आजको नेपालमा हामी नेपाली बनेर शिर ठाडो गरि बस्न पनि पाउदैनथ्यौं । त्यसैले अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हाम्रो कास्कीकोटको पनि चर्चा हुनुपर्छ । त्यसका लागि हाम्रो ईतिहास र पहिचानबारे मिडियामा धेरै सामाग्रीहरु पस्किनुपर्छ । साथै हाम्रो कास्कीकोटको दरबार रहेको र आसपासको क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदा सुचीमा सुचीकृत गर्न पहल गर्नुका साथै थप संरक्षण र पुर्वाधार विकासका कार्यहरु गरिनुपर्छ ।

( तस्विर

हाम्राे कास्कीकाेट युवा सञ्जालकाे फेसबुक वालबाट)

No comments:

Post a Comment

सकारात्मक साेचसग सुन्दर जीवन भाग २

चन्द्रेश्वर बस्ताकाेटी महामारीका दिनहरूले धेरै कुरा सिकाए। विश्व थामिएजस्तै भयो, मान्छेहरू भित्रभित्रै कमजोर पनि भए, तर मनभित्रको धैर्य अझ ब...