क्षितिज चन्द्र, २०७९ कार्तिक २२ गते, पाेखरा
ब्रिटिस अार्मिबाट पेन्सनमा अाएकाे बिरेले तिनै जना छाेरालाई राखि भन्याे, "हेर बाबुहरु तिमिहरुकी अामा खसेकाे पनि ४ बर्ष पुग्न लाग्याे । तिमिहरुले न कुनै ईलम गरेउ, नत अाफ्नी स्वास्नी ततेरेउ । कुनै इलम छैन, लफङ्गा कहिले सम्म हुन्छाै ? कहिले देखि कमाउछाै, कसरी जिवन गुजारा गर्छाै । तिमिहरुले घर, गाउमा दुख दिएकाे देखे पनि सबै नदेखे झै गर्न बाध्य छन । " भन्दै थियाे ।
जेठाेछाेराेले बाउ बाेल्दै गर्दा भनिहाल्याे, "हामीले अहिले किन कमाउन पर्याे? कमाउने तिमि छाै त बाउ । " माईलाेले भनिहाल्याे, "हाे त बाउ, तिखेले ठिकै भनिराछ, तिमि मरेपछि कमाउला नि ।" कान्छाे पनि दाजुहरुकाे कुरामा सहि थाप्दै भन्याे, "हाम्राे चिन्ता नलेउ हाेउउउ बाउ, बाउकाे पेन्सन अाउन छाेडेपछि, बाउ मरेपछि कमाउला नि हाेउउउउ बाउ ।"
छाेराहरु एकै स्वरमा बाेलेकाे देख्दा अक्कनबक्क भयाे । बिहान देखि दिउसाे सम्म साेचिरह्याे । साझ पर्नैलाग्दा छाेराहरु अाई पुगे । खाना पकाएर तिनै जनालाई समसाझै खुलायाे । अाफुले बाेतल घुटघुट पार्याे । अव म मरे पछि तिमिहरु कमाउला, सप्राेला हैन? भन्दै बाेतल फ्याकेकाे मात्र के थियाे, छटपटिमै भन्याे " छाेराहरु सपार्न म मर्नु पर्याे ।
छाेराहरुले बाेतल हेरे बाेतल त बिषकाे रहेछ। तिनै जना चिच्याउन थाले । गाउले हरु अाए । बाउले बिहान भनेका कुरा भन्दै तिनै जना राेई कराई गरे । बिर्षेले छटपटिदै भन्याे अव मेराे कमाई हुदैन, अाफै कमाई गरि खाउ है छाेराहरु । बिर्षे अन्तिम सार छाेड्दै ब्रम्हलिन भयाे ।
अस्तु......
No comments:
Post a Comment