Sunday, November 13, 2022

सिन्दुर र राताे साडी

क्षितिज चन्द्र ,२०७९ कार्तिक २० गते 

दिनहु श्रीमान श्रीमती  म्याग्दि बजारमा बिहान ५ बजे तिर मर्निङवाक र साझ ६ वजे तिर ईभिनिङ वार्क गर्दथे । 


 म्याग्दि बजारकै एकजनाले दैनिक देख्दथिन । । उनले ति दुई श्रीमान श्रीमतीलाई दिनानुदिन हेर्ने गर्थिन र हरेक  दिन उनिहरुकाे जाेडिकाे बारेमा अाफ्ना पतिलाई भन्ने गर्थिन  ।  श्रीमान-श्रीमती एक आपसमा कुरा गरिरहन्थे । श्रीमान अलि अफ्ठ्याराे गरि हिडदथे । श्रीमान नचिनेका भएपनि मुसुक्क हास्दथे। अनि हासेपछि उनकी श्रीमती पनि मुस्कुराउदथिन । हरेक हिडाईमा श्रीमतीले कुरा गर्दै श्रीमानकाे हात समाएकी हुन्थिन । उनीहरुकाे दैनिक हिडाई देख्दा मिलेका जोडी थिए। मलाई यि जाेडि एकदमै  मनपर्छ भनेर एक महिलाले भन्दा उनका श्रीमानले भन्थे, हरेक शुक्रवार पाेखरा जाने जिपकाे २ बटा टिकट काट्दछन, श्रीमतीकाे सहारामा जिप चढेर  उनिहरु जान्छन ।  महिला वेनि बजारमा ब्यबसाय र उनका पति जिपकाे टिकट काउण्टरमा जागिरे थिए । उता श्रीमान श्रीमती अायुर्वेदका कर्मचारी थिए । 

एक दिन पाेखरा जाने बसकाे २ टिकट लिई गएका उनिहरु महिनाै नअाएकाे म्याग्दि बजारमा बस्ने ति जाेडी कुरा गरिरहन्थे 

  ति जाेडि कहा गए हाेलान, पत्ताे भएन । उनिहरुलाई नदेख्दा म्याग्दिका ति जाेडि निराश थिए । किनकि उसले उनीहरुलाई दिनहुँ देख्ने बानी थियो। करिब ६ महिनासम्म श्रीमान श्रीमतीले त्याे बाटाे हिडेनन् । उनिहरु कतै बाहिर गएका हुनसक्छन् भन्ने लाग्यो ।

एकदिन म्याग्दि बजारमा एक्लै ईभिनिङबार्क गर्दै मलिन अनुहार र पाेशाकमा हिडिरहेकी थिईन । उसको साथमा श्रीमान छैनन् । अनुहार पनि मलिनो छ, अस्त ब्यस्त अलि नसुहाउदाे साडीमा हिडेकी थिईन , पहिले मुस्कुराउने उनि यसपटक नैरास्य जस्ताे देखिन्थिन । महिलाको मनले मानेन र उसकी श्रीमतीको अगाडि गएर सोधिन : आज तपाईंको श्रीमान साथमा हुनुहुन्न त ? धेरै महिना भयाे हजुहरु हिड्नु हुन्न? 

केहि जवाफ दिईनन् । महिलाले एकपटक फ़ेरि सोधिन:  तपाईं यतिका दिनसम्म कहाँ हुनुहुन्थ्यो, काहिँ बाहिर जानुभाथ्यो कि? यस पटक पनि श्रीमतीले केही जवाफ दिईनन् । युवक ले फ़ेरि एकपटक उसको श्रीमानको बारेमा सोधिन: श्रीमतीले जवाफ दिईन- उनी अब यस संसारमा रहेनन, उहालाई क्यान्सर थियोे ।

यो सुनेर महउलालाई अचानक झड्का लाग्यो। फ़ेरि उसले सम्हालेर अरु कुरा जान्ने इच्छा गरिन । श्रीमतिले महिलालाई भनिन: श्रीमान लाई अन्तिम स्टेजको क्यान्सर थियोे, डाक्टर हार खाइसहेका थिए। यो कुरा उहालाई पनि थाहा थियाे, तर उहाको एउटा इच्छा थियोे. हामी दुई धेरै भन्दा धेरै साथमा समय बिताउ भन्ने चाहना उहाकै थियोे। 

त्यसैले हामी अफिस क्वाटरमै बस्दथ्याै, सगै डिड्दथ्याै । सगै बिदामा पाेखरा जान्थ्याै । उपचारमा पनि एक दिन छुट्टिएनाै  । यति भन्दै श्रीमती निराश भईन । 

 अचानक महिलाको नजर उस श्रीमतीकाे सिन्दुरमा पर्यो । किन हाेला सिन्दुर भने पुछिएकाे छैन । उहाकै ईच्छाले राताे साडि र सिन्दुर लगाएर हिडेकी छु, श्रीमतिले  भने पछि श्रीमान श्रीमतीको असिम प्रेम सिन्दुरमा झल्किन्थ्यो ।

श्रीमान श्रीमतीको सम्बन्ध अटुट हुन्छ, मृत्यु वा सम्वन्ध बिच्छेदले मात्रगहिराे माया छुटाउन सक्छ। यदि श्रीमतीले श्रीमानलाई हरेक सुख दुखमा साथ दिन्छिन भने श्रीमानले पनि आफ्नी श्रीमतीलाई संसारको सबै खुशी दिन चाहन्छ। 

महिलालाई हरेक कुराले मनमनै लाग्याे, यो नै यस सम्बन्धको सबैभन्दा सुन्दर आभास हो, त्यसैले सँगै बसेर एकअर्कामा खुशी जिबन बिताउनुहोस् । उनका पतिकाे ईच्छापछिकाे राताे साडि र सिन्दुरसाथमै हुदा पतिकाे अात्मियता साथमै छ भन्ने बनाएकाेछ ।

Picture From socialsite

No comments:

Post a Comment

नेपाली चुल्हो

 के तपाइँ अाफ्नाे छुट्टी को समय को राम्रो उपयोग गर्न चाहनुहुन्छ?    के तपाई केहिदिन आफ्नो घरबाट टाढा खुसियालीमा  बस्न चाहनुहुन्छ?  छुट्टै रा...